पोखरामा जग्गा विक्री गर्ने विषयमा जङ्गे जङ्गिएपछि...
जङ्गेको दोस्रो श्रीमती थिईन् जमुना
पाेखरा | साउन ११, २०८२
पोखराः पोखरामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा जङ्गे सार्कीलाई प्रहरीले प्रक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–२७ रिठ्ठेपानी बस्ने ५३ वर्षीय जमुना नेपाली सार्कीको हत्या गरेको आरोपमा जङ्गेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए ।
‘साउन ८ गते हामीलाई पोखरा–२७ रिठ्ठेपानी शान्ति खहरे टोलस्थित सुकुम्बासी बस्तीमा अस्थायी रुपमा बन्दै आएका जमुना नेपाली सार्की मृत अवस्थामा रहेको भन्ने सूचना आएको थियो, कास्की प्रहरी प्रमुख ओलीयाले भने, प्रारम्भिक अनुसन्धानको क्रममा जग्गा बेच्ने विषयमा वादविवाद हुँदा श्रीमानले आवेशमा आई मुक्का प्रहार गरी भित्ता तर्फ ठोक्काउँदा जमुनाको मृत्यु भएको खुल्न आएकाले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएका हौं ।’
जङगेले जमुनाको हत्या साउन ६ गते गरेको कास्की प्रमुख ओलियाले बताए । ‘मिस्त्रीको काम गर्दै आएका जङ्गेले साउन ६ गते नै जमुनाको हत्या गरेको खुल्न आएको छ, उनले भने, साउन ८ गते उनीहरु बस्दै आएको घरबाट गन्ध आएपछि मात्र घटना बाहिर आएको हो, शवको पोष्टमार्टम रिर्पोपछि हत्यो कारण टाउकोमा ब्लुथ फोर्सको चोटका कारण खुल्न आएको छ ।’
कास्कीको माछापुच्छ«े गाउँपालिका ५ रिभान स्थायी घर भई विगत २०/२१ वर्षदेखि पोखरा २७ रिठ्ठेपानी बस्दै आएका जङ्गेको जमुना दोस्रो श्रीमती हुन् ।
पहिलो श्रीमतीले १ वर्षको छोरा छोडेर अन्तै विवाह गरेर गएपछि जङ्गेले जमुनालाई दोस्रो विवाह गरेको हुन् ।
उनका छोरा अहिले विवाह गरेर रिभानमा नै बस्दै आएको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी मुद्धामा ६दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

